• ६ असोज २०८३, मंगलबार
  • १ः०० दिउँसो

पेरिस ओलम्पिकमा फाइनल पुगेकी भारतीय पहलमान फोगट खेल्न अयोग्य

प्रकाशित मिति

२०८१ श्रावण २३ गते, बुधबार ०२:१२

साउन २३, २०८१ काठमाडौँ: जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।

National Life

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समुहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल अयोग्य भएकी छन् ।

उनले गएराती क्युबाका पहलमानलाई हराउदै फाइनलमा पुगेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ ।

प्रतिकृया