• ४ साउन २०८३, सोमबार
  • ९:४४ बेलुका

नेपाल टेलिकमको सेवा चार घण्टा प्रभावित हुने

प्रकाशित मिति

२०८१ श्रावण १७ गते, बिहीबार ०४:०९

साउन १७, २०८१ काठमाडौँ: नेपाल टेलिकमले चार घण्टा सेवा प्रभावित हुने जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नतिको काम भएकाले सेवा प्रभावित हुने जानकारी दिएको हो ।

टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टासम्म हुने भएसँगै सेवा प्रभावित हुने जनाएको छ । यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुनेछ ।

Kamana Sewa

उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने व्यवस्था गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया