• ४ साउन २०८३, सोमबार
  • ९:४४ बेलुका

प्रमोकोड “Fonepay Direct” प्रयोग गरेर iPhone 15 Pro जित्नुहोस्

प्रकाशित मिति

२०८१ श्रावण ६ गते, आईतवार ०३:१४

साउन ६, २०८१ काठमाडौँ: नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे ले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ।

यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले Fonepay Direct बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड “Fonepay Direct” राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर Fonepay Direct मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

Kamana Sewa

“हामी “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं” फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने,
“यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।”

Classic Tech Desktop

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो।

फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ।

प्रतिकृया