• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

१ किलो १०० ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

प्रकाशित मिति

२०८१ श्रावण ३ गते, बिहीबार ०१:३१

साउन ३, २०८१ काठमाडौँ: विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको यस ब्यूरोद्वारा निरन्तर निग्रानी गर्दै जाने क्रममा अवैध लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका विदेशी नागरिकलाई लागु औषध कोकिन सहित बरामद गरी पक्राउ गरिएको साथै निज उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको छ ।

मिति २०८१।०४।०१ गते Indigo Airlines बाट Mumbai हुँदै नेपाल आएका २३ वर्षिय भारतीय नागरिक FAHIMUDDIN NASIMUDDIN ANSARI लाई काठमाण्डौं-२६, ठमेल स्थित एक होटलबाट Juice का २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्यासुल लुकाउ छिपाउ गरी बसिरहेको अवस्थामा पक्राउ परेका छन् । निजबाट बरामद गरिएको लागु औषध कोकिनको तौल १ के.जी. १०० ग्राम रहेको छ ।

Kamana Sewa

निज FAHIMUDDIN ले उक्त लागु औषध कोकिनसहितका Juice का बट्टाहरु काठमाण्डौं-९ पिङगलास्थान स्थित एक होटलमा बसिरहेका नाईजेरियन नागरिक Mr.IKECHUKWA CYRIL OBODOEFULA बाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

Classic Tech Desktop

मिति २०८१।०४।०१ गते Quatar Airlines बाट नेपाल आएका ४४ वर्षिय नाइजेरियन नागरिक IKECHUKWA CYRIL OBODOEFULA लाई नियन्त्रणमा लिई निजलाई सोधपुछ गर्दा निजले उक्त लागु औषध कोकिनका क्यासुलहरु कतारको दोहाबाट ज्याकेटभित्र लुकाउ छिपाउ गरी नेपाल ल्याई उक्त क्यासुलहरु काठमाण्डौं-९ पिङगलास्थान स्थित होटलमा ज्याकेटभित्रबाट निकाली Juice को बट्टाहरुभित्र लुकाउ छिपाउ गरेको खुल्न आएको छ ।

प्रतिकृया