एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
प्रकाशित मिति
२०८१ असार २४ गते, सोमबार १२:५०
असार २४, २०८१ काठमाडौँ: नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए ।

कैयौँ घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।
तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया