• ५ साउन २०८३, मंगलबार
  • ८:३६ बिहान

सत्ताको खेलले संसद प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे

प्रकाशित मिति

२०८१ असार १६ गते, आईतवार ०४:१६

असार १६, २०८१ काठमाडौँ: राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छिन । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले संसदमा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् । अग्रजका सल्लाह सुझावबाट संसदलाई प्रभावकारी बनाउन आवश्यक रहेको जानकारी गरीन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थलाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।

Kamana Sewa

उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरीन् । उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।

Classic Tech Desktop

प्रतिकृया