• 3:19 pm

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

प्रकाशित मिति

२०८१ असार १६ गते, आईतवार ०४:११

असार १६, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अंकले घटेर परिसूचक २०३७.०९ मा पुगेको बजार बन्द भएको हो ।

आइतबार ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १५४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ हजार ७० रुपैयाँ रहेको छ ।

आइतबार ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ७.०६ अंकले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूलय ९.३० अंकले घटेको छ ।

प्रतिकृया