• ३० साउन २०८३, शनिबार
  • ११:३८ बिहान

कोसी सरकारको बजेट पारित

प्रकाशित मिति

२०८१ असार ८ गते, शनिबार ०५:२६

असार ८, २०८१ विराटनगर : कोसी प्रदेश सरकारले आउँदो अर्थिक वर्ष २०८१/०८२ का निम्ति प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिबारको प्रदेशसभा बैठकबाट बहुमतले बजेट पारित गरिएको हो ।

सरकारले यही असार १ गते ३५ अर्ब २७ करोड़ ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Kamana Sewa

वित्तीय व्यवस्थापनबाट दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५८ करोड़ ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका निम्ति तीन अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

Classic Tech Desktop

खर्चको अनुमानमध्ये आन्तरिक राजस्व चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४০ करोड आठ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण आठ अर्ब ९४ करोड ३२ लाख, ससर्त अनुदान चार अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड एक लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिकृया