• 7:55 am

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०८१ असार ७ गते, शुक्रबार ०४:२१

असार ७, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनी केही समयअघि मात्रै रास्वपा केन्द्रीय कार्यालय बसुन्धारा, घण्टीघरमा पुगेका हुन् ।

रास्वापले पार्टी स्थापना दिवसको अवसर पारेर चियापान समारोह आयोजना गरेको हो । चियापानमा पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् ।

प्रतिकृया