• २ असोज २०८३, शुक्रबार
  • २ः३३ राती

भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार ०३:५८

असार ३, २०८१ काठमाडौँ: असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक गरिएको छ ।

National Life

शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् ।

भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो ।यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

प्रतिकृया