• ६ असोज २०८३, मंगलबार
  • ४ः०९ बेलुका

ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्न

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार ०१:०५

असार ३, २०८१ काठमाडौँ: ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार सम्पन्न भएको छ । काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताएका छन् ।

National Life

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरूका लागि यस पटक अमृत योगको आयोजना गरिएको हो । साधना समापनका अवसरमा विभिन्न २८ चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त विष्टले बताएका छन् ।

यस पटकको अमृत योगमा २२ जना सहभागी थिए । सहभागीहरूले आफ्नो योगाभ्यासको अनुभव सुनाउँदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरू हल भएकोले आफूले नियमित भाग लिँदै आएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यस प्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभई यो जीवनशैली भएको बताइन् ।

उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमशः सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रूपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन् ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भने । आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिँड्नु पर्ने नभई अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने आयाेजकले जानकारी दिएको थियो ।

प्रतिकृया