• ६ असोज २०८३, मंगलबार
  • १ः११ दिउँसो

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार १०:२१

असार ३, २०८१ काठमाडौँ: नेपालमाथि बङ्गलादेशले जित हात पारेको छ। बङ्गलादेशले नेपालमाथि २१ रनले जित हात पारेको हो। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ । बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।

National Life

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आशिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनैपनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन् ।

नेपालका अनिल साह, गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १/१ रन बनाएर पभेलियन फर्के। कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाललाई जितबाट रोक्नका लागि बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।

सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३र१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२र१२ रन बनाए । कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए ।

बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २र२ विकेट हात पारे ।

प्रतिकृया