• ६ असोज २०८३, मंगलबार
  • १ः११ दिउँसो

युरोकप: इटाली र स्पेनको विजयी सुरुवात, यमलको कीर्तिमान

प्रकाशित मिति

२०८१ असार २ गते, आईतवार ०८:४५

असार २, २०८१ काठमाडौँ: युरोकप फुटबल अन्तर्गत शनिबार राति भएकको खेलमा साविक च्याम्पियन इटाली र उपाधि दाबेदार स्पेनले विजयी सुरुवात गरेका छन्।

National Life

शनिबार राति भएको समूह ‘बी’ को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० ले पराजित गर्दा अर्को खेलमा इटालीले अल्बानियालाई २-१ ले हरायो। जर्मनीको ओलम्पिया स्टाडियोनमा ६८ हजार समर्थकमाझ स्पेनलाई जित दिलाउन अल्भारो मोरटा, फावियन लुइज र डानी कार्भाजालले गोल गरे।

यही खेलबाट स्पेनका युवा स्टार लामिन यमलले नयाँ कीर्तिमान बनाए। उनी १६ वर्षको उमेरमा युरोकप खेल्ने पहिलो खेलाडी बने। साथै उनी कम उमेरमा एसिस्ट गर्ने खेलाडी समेत बने।

Classic Tech Mobile
Classic Tech Desktop

खेलको २९औं मिनेटमा स्पेनले अग्रता लिएको थियो। रुइजको पासमा कप्तान मोरटाले अग्रता दिलाए। रुइजले ३२औं मिनेटमा दोस्रो गोल गरे। रुइजलाई बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले बल उपलब्ध गराएका थिए।

यमलकै पासमा डानी कार्भाजालले स्पेनको लागि पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल् गरेका हुन्। दोस्रो हाफा भने दुबै टिमले गोल गर्न सकेनन्। त्यस्तै अर्को खेलमा इटालीले अल्बेनियालाई हरायो।

युरोपियन च्याम्पियनसिपकै सर्वाधिक छिटो गोलको कीर्तिमान बनाएपनि अल्बानियाले जित हासिल गर्न भने सकेन्। उसले नेदिम बरमीले खेलको २३ सेकेन्डमै गोल गर्दै अल्बेनियालाई अग्रता दिलाएका थिए।

तर इटालीले एलेससान्ड्रो बास्टोनीको हेड मार्फत ११ औं मिनेटमा खेल बराबरीमा ल्यायो। पाँच मिनेट पछिनै अग्रता बनाउने क्रममा निकोलो बरेलालले करिब २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

प्रतिकृया