• ६ असोज २०८३, मंगलबार
  • १ः११ दिउँसो

युरोकप: आयोजक जर्मनीको सानदार सुरुवात

प्रकाशित मिति

२०८१ असार १ गते, शनिबार ०८:२३

असार १, २०८१ काठमाडौँ: युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको हो।

National Life

१० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीका लागि फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरेका थिए। स्कटल्यान्डले एक गोल आत्माघाती गोलका रुपमा पाएको थियो।

एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको १०औं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट जर्मनीले अग्रता बनाएको थियो। १९औं मिनेटमा काईको पासमा मुसिएलाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे।

Classic Tech Mobile
Classic Tech Desktop

खेलको ४४ औं मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो। पेनाल्टी बक्समा इल्केए गुन्डोगानलाई खराव ट्याकल गरेपछि रेफ्रीले रायन पोर्टेअसलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। सोही फलमा पाएको पेनाल्टीमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो।

६८औं मिनेटमा परिवर्तित खेलाडी निकोलस फुलक्रगले गोल गरेपछि जर्मनी खेलमा ४-० ले अघि बढ्यो। ८७औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल ४-१ को स्थितिमा पुगेको थियो। तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तित खेलाडी एम्री क्यानले गोल गर्दै जर्मनीलाई ५-१ को सहज जित दिलाए।

युरो कपमा आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुने छ।

प्रतिकृया