• 7:24 am

नेपालले एकै ओभरमा गुमायो दुई विकेट, कप्तान रोहित ‘डक’

प्रकाशित मिति

२०८१ असार १ गते, शनिबार ०८:११

असार १, २०८१ काठमाडौँ: आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७.२ ओभरमा ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएको हो । भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे । सोही ओभरको चौथो बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाएको हो ।

जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३६ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

प्रतिकृया