कृत्रिम आँखा राखेपछि मेनुकाले पहिलोपटक सार्वजनिक गरिन् चस्माबिनाको तस्बिर
प्रकाशित मिति
२०८१ जेष्ठ २९ गते, मंगलवार ०२:४०
जेठ २९, २०८१ काठमाडौँ: गायिका मेनुका पौडेलले कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि पहिलोपटक चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी छन् । गत वैशाखमा तिलगंगा अस्पतालमा मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरिएको थियो ।
जहाँ उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) राखेपछि मेनुकाले चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी हुन् । अब मेनुकाले चस्मा लगाउनुपर्ने बाध्यता हटेको छ ।
यसअघि भने मेनुकाले चस्मा लगाउँदै आएकी थिइन् । यो सर्जरीपछि सामान्य व्यक्तिजस्तै देखिए पनि उनको आँखाको दृष्टि भने फिर्ता आउने छैन ।
कृत्रिम आँखाले नदेखे पनि चस्माबिना राम्रो देखिने भएकाले उनको आँखाको शल्यक्रिया गरिएको बताइएको छ ।
तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको समूहले कृत्रिम आँखा राखेको थियो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया