• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

मोदीको शपथमा विदेशीलाई निम्तो, स्वदेशमै विपक्षीलाई नबोलाएको गुनासो

प्रकाशित मिति

२०८१ जेष्ठ २७ गते, आईतवार १०:४१

जेठ २७, २०८१ नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन विदेशी राष्ट्राध्यक्ष, उपराष्ट्रपति र सरकार प्रमुखसमेत आठ उच्चस्तरीय अतिथिलाई निम्तो गरिएको छ । तर, स्वदेशमै भने विपक्षी नेताहरूले आफूहरूलाई निम्तो नदिएको बताएका छन् ।

कांंग्रेस नेता केसी बेणुगोपालले विपक्षी नेतालाई शपथग्रहण समारोहमा उपस्थितिका लागि निम्तो नदिइएको बताए ।कांगेसका अर्का नेता जयराम रमेशले भनेका छन्, “प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहका लागि इन्डिया गठबन्धनका नेतालाई निम्तो दिएको छैन । हाम्रो इन्डिया गठबन्धनका नेतालाई निम्तो पाएमा हामी त्यसबारेमा विचार गर्नेछौँ ।”

Kamana Sewa

पश्चिम बंगालका मुख्यमन्त्री तथा टीएमसीकी नेतृ ममता बनर्जीले पनि आफूलाई निम्तो नआएको बताएकी छन् । उनले भनेकी छन्, “एक असंवैधानिक र गैरकानुनी पार्टीको सरकार गठनका लागि शुभकामना दिन सकिँदैन । यो सरकारको गठन गैरकानुनी र अलोकतान्त्रिक तरिकाबाट भइरहेको छ । हामी भाजपा फुटाउन चाहँदैनौँ । तर, यस भित्रैबाट यो टुट्नेछ । त्यो पार्टीका मानिस खुसी छैनन् । ’

Classic Tech Desktop

बनर्जीले थप भनेकी छन्, “४०० पारको नारा लगाउनेवाला आफ्नो बुँतामा बहुमत हासिल गर्न पनि असफल भएको छ । एनडीएले सरकार बनाउने दाबी गरेको छ । यसको मतलब यो होइन कि अगाडि केही पनि हुने छैन । हामी परिस्थितिमा नजर लगाइरहेका छौँ ।” बीबीसी

प्रतिकृया