छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने
प्रकाशित मिति
२०८१ जेष्ठ २५ गते, शुक्रबार ०८:२३
जेठ २५, २०८१ काठमाडौँ: सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको सहकारी प्रकरण : छानबिन समिति बैठकको फाइल तस्बिर ।
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले जानकारी दिए ।
बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।
सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया