• २५ भदौ २०८३, बिहीबार
  • १०ः५४ राती

मधेशका मुख्यमन्त्री यादव बिरामी, २८ गते विश्वासको मत लिन प्रदेश सभामा पत्र

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ०२:४६

जेठ २३, २०८१ जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् । विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीकाे बिरामीको पत्र पाएको जानकारी दिएको छ ।

National Life

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत बैशाख २३ गते सरकार छोडेकाले सो अनुसार उनले विश्वासको मत लिने आज बुधबार ३० दिन पुगेको छ ।

जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा नेपाल एक्लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ , ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ ।’

मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिएपछि उनी स्वत: पदमुक्त हुने अवस्था आउनसक्ने देखिन्छ ।

प्रतिकृया