• 7:01 pm

सहकारी प्रकरण : संसदीय छानबिन समितिको बैठक जारी

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ०३:०३

जेठ २३, २०८१ काठमाडौँ: सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक जारी छ ।

बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बसिरहेको छ । बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहेको छ ।

गएको जेठ १५ गते सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

प्रतिकृया