भारतीय निर्वाचन : दिल्लीका सातै सिटमा भाजपा अगाडि
प्रकाशित मिति
२०८१ जेष्ठ २२ गते, मंगलवार ०१:१४
जेठ २२, २०८१ काठमाडौँ: भारतको लोकसभा निर्वाचनको सुरुआती मतगणनामा दिल्लीका सबै सातै सिटमा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार अगाडि छन् ।
भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उक्त सिटमा खंडेलवालले तीन हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।
पूर्वी दिल्लीमा भाजपाका हरीश मल्होत्रा १२ हजार २६३ मतान्तरले अगाडि छन् । उक्त सिटमा उनले आम आदमी पार्टीका उमेदवार कुलदीप कुमार मल्होत्रासँग प्रतिस्पर्धा गरेका छन् ।
नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराज आम आदमी पार्टीका सोमनाथ भारतीभन्दा अगाडि छन् । स्वराजले १८ हजार ४८० मतान्तरले अग्रता लिएका छन् । उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारीले कांग्रेसका उमेदवार कन्हैया कुमारलाई पछि पारेका छन् । तिवारीले हाल ४१ हजार ५७९ मतान्तरले अग्रता बनाएका छन् ।
उत्तर–पश्चिम दिल्लीमा भाजपाका योगेन्द्र चंदोलिया ६५ हजार ३४४ मतान्तरले अगाडि छन् । यहाँ कांग्रेसका तर्फबाट उदित राज उमेदवार छन् । दक्षिण दिल्लीमा भाजपाका रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका साही रामबीच प्रतिस्पर्धा छ । हाल बिधुडी २० हजार २०६ मतान्तरले अगाडि छन् ।
पश्चिम दिल्लीमा भाजपाका कमलजीत सेहरावत आम आदमी पार्टीका महाबल मिश्राभन्दा अगाडि छन् । सेहरावतले ३८ हजार ३९७ मतान्तरले अग्रता लिएका छन् । बीबीसी हिन्दीबाट ।
प्रतिकृया