भारतमा बिजेपी एक्लैको बहुमत नपुग्ने
प्रकाशित मिति
२०८१ जेष्ठ २२ गते, मंगलवार १२:४४
जेठ २२, २०८१ काठमाडौँ: भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणना भइरहेको छ । लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले जितिसकेको छ ।
२८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ। २४ सिटमा अरू दल अघि रहेका छन् ।
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ। बिजेपी २४० सिटमा अघि छ । सन् २०१९ को चुनावमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो। यसपालि ६३ सिट गुमाउने आकलन छ । यहाँ सरकारको नेतृत्व गर्न बहुमतका लागि २७२ सिट जित्नुपर्छ।
कांग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ। कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ ।
प्रतिकृया