• 6:52 pm

सार्वजनिक बसमा अपाङ्गमैत्री सिँढी राख्न गृहमन्त्रालयको सर्कुलर

प्रकाशित मिति

२०८१ जेष्ठ २० गते, आईतवार १२:५७

जेठ २०, २०८१ काठमाडौँ: गृह मन्त्रालयले देशका सबै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्तमैत्री बनाइने उद्देश्यका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध गरेको हो ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गमैत्री -याम्प राख्न अनुरोध गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको हकमा सार्वजनिक यातायातमा चढ्न हैरानी बहोर्दै आएपछि गृहले सर्कुलर जारी गरेको जनाएको छ । नियम पालना नगर्नेलाई कारवाही गर्ने गृहले चेतावनी दिएको छ ।

प्रतिकृया