• 10:28 am

गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

प्रकाशित मिति

२०८१ जेष्ठ २० गते, आईतवार १२:३९

जेठ २०, २०८१ रुपन्देही : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।

जेठ १५ मा परियार आफ्नो घरबाट छोरीलाई भेट्न आएका थिए। गर्मीमा डिहाईड्रेसनको कारणले ज्यान गएको हुनसक्ने वडाध्यक्ष तिलक बस्नेतले बताए । उनले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको उनले जानकारी दिए। इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरणअनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए।

मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको सही कारण खुल्ने उनले बताए। मृतकको शरीरको कुनै भागमा चोट छैन।

प्रतिकृया