प्रतिपक्षलाई पेलेरै सभामुखले चलाए सदन
प्रकाशित मिति
२०८१ जेष्ठ १३ गते, आईतवार १२:४८

जेठ १३, २०८१ काठमाडौँ: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षद्वारा सहकारी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विरोध र नाराबाजी जारी छ । तर सभामुख देवराज घिमिरेले पेलेरै सदन चलाइरहेका छन्। सुरुवातमै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोल्न समय पाएका थिए ।
उनले सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताए । उनले बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा फेर बदल गर्दै अर्थमन्त्री वर्षमान पुनलाई बोल्न समय दिए । लगत्तै प्रतिपक्षले उठेर विरोध जनाउन थाल्यो । नाराबाजीकै बीच अर्थमन्त्रीले बोलिरहे। त्यसपछि नीति तथा कार्यक्रममा संशोधन हालेका चित्रबहादुर केसीलाई बोल्न समय दिए ।
केसीले सहकारी ठगीमा छानबिन समिति गठन नगरेर सत्ता पक्षले पेलेर जाने मनसाय गरेकाले नीति तथा कार्यक्रममा समर्थन नरहेको जनाए ।
लगत्तै प्रेश सुवालले बोल्न समय पाए। विगत लामो समयदेखि कांग्रेसले सदन अवरोध गर्दै आएको छ। तर सभामुखले पेलेरै सरकारका तर्फबाट मन्त्रीहरुलाई नाराबाजीकै बीच बोल्न दिइरहेका छन् ।
प्रतिकृया