• 9:12 am

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा

प्रकाशित मिति

२०८१ जेष्ठ २ गते, बुधबार ०३:२०

जेठ २, २०८१ काठमाडौँ: एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् ।

बुधबार बिहान पनि ओली र सभामुखले छलफल गरेका थिए । उनी संसदीय दलको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीकहाँ गएको एमाले नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसले संसद्‌मा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । संसद् अवरोध खोल्न सत्ता पक्षका नेता ओली र प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरिरहेका छन् ।

आज पनि संसद् खोल्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रतिकृया