• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:54 am

अपांगता भएकाहरूको आन्दोलनमा ‘बल प्रयोग’, ६ जना घाइते

प्रकाशित मिति

२ जेष्ठ २०८१, बुधबार १४:०८

जेठ २, २०८१ काठमाडौँ: अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गर्दा घाइते भएका ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकालको बीर अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए ।

प्रतिकृया