• २१ भदौ २०८३, आइतबार
  • १२ः१० राती

भाटभटेनी सुपरमार्केटका मालिक गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

प्रकाशित मिति

२०८१ बैशाख २९ गते, शनिबार ०८:३९

वैशाख २९, २०८१ काठमाडौँ: डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग घोषणा गरेका छन्।

National Life

शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।

उक्त भेटमा कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामबारे गुरुङलाई फेहरिस्त बताएका थिए । कोइरालाको भनाइ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए ।

Classic Tech Desktop

कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको बताए। उनको उक्त भनाइ पछि गुरुङले भने,‘मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु।’

गुरुङले यस्तो घोषणा गरेपछि डा भगवान कोइराला केहीबेर भावुक बन्दै यो खुसीको क्षणलाई बयान गर्नै नसकेको बताए ।

प्रतिकृया