• ६ असोज २०८३, मंगलबार
  • ५ः०२ बेलुका

जापानी परराष्ट्रमन्त्री योको आज आउँदै,दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने

प्रकाशित मिति

२०८१ बैशाख २३ गते, आईतवार ०९:३४

वैशाख २३, २०८१ काठमाडौँ: जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउँदैछिन्। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्।

National Life

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ। हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार- व्यवसायको सिलसिलामा रहेका बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया