• ८ असोज २०८३, बिहीबार
  • ४ः५२ बिहान

नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार १२:२९

वैशाख १६, २०८१ काठमाडौँ: नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ ।

National Life

“स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे” भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।

उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।

रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

प्रतिकृया