• 5:45 am

बझाङ उपनिर्वाचन : हेलिकोप्टरबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याइँदै

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०८:५३

वैशाख १६, २०८१ काठमाडौँ: उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको कार्य भइरहेको छ । सो क्षेत्रको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइँदै छ ।

सबै क्षेत्रको मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो ।

प्रतिकृया