• 6:15 pm

मतपेटिका संकलन गर्न मध्यरातसम्म लाग्न सक्ने, मतगणना आइतबार बिहानदेखि

प्रकाशित मिति

२०८१ बैशाख १५ गते, शनिबार ०६:५८

वैशाख १५, २०८१ काठमाडौँ: इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानपश्चात् मतपेटिका संकलन कार्य थालिएको छ । मतदानस्थलबाट इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतपेटिका ल्याइँदै छ ।

शनिबार बिहान ७ देखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम–२ मा ६६ हजारजनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

मतगणना आइतबार बिहान ७ बजेदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । उनका अनुसार, सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्नसक्छ ।

मतपेटिका संकलनपश्चात् सर्वपक्षीय सहमतिपछि मतगणना सुरु गरिने बताइएको छ ।

प्रतिकृया