इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत
प्रकाशित मिति
२०८१ बैशाख १५ गते, शनिबार ०९:०१
वैशाख १५, २०८१ काठमाडौँ: इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका मिलन कुमार योङहाङ लिम्बूले मतदान गरेका छन् । उनले आफ्नो गाउँ माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान स्थलमा पहिलो भोट खसालेपछि सञ्चारकर्मीसँग उनले मतदान लोकतन्त्रको उत्सव भएको बताए । उनले भने, ‘आजका दिन बिनाकुनै डर, धाक, धम्की, प्रलोभनमा नपरी मतदान गर्न सबैमा आह्वान गर्न चाहन्छु ।’
यसैबीच, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरेका छन् । उनले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी माध्यामिक विद्यालय, शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।
इलाम–२ मा विभिन्न १२ राजनीतिक दल र स्वतन्त्र ७ गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् ।
प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौमा निधन भएपछि इलाम–२ मा आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको हो ।
प्रतिकृया