• 9:09 am

शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानलगायत नेपाल–कतारबीच भएका आठ सम्झौता र समझदारी

प्रकाशित मिति

२०८१ बैशाख १२ गते, बुधबार ०३:४२

वैशाख १२, २०८१ काठमाडौँ: नेपाल र कतारबीच बुधबार आठ वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल–कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएपछि ती सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र कतारका नेतृत्व कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीले गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर भएकामा दुई वटा सम्झौता पत्र र ६ वटा समझदारी पत्र रहेका छन् ।

यस्ता छन् नेपाल र कतारबीच भएका आठ सम्झौता तथा समझदारी :

१) नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२) राष्ट्रिय समाचार समिति (रासस) नेपाल र कतार न्युज एजेन्सी (क्यूएनए) बीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता ।

३) नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहकार्यको लागि समझदारी ।

४) नेपाल सरकार र कतार सरकारबीच युवा र खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

५) नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी ।

६) नेपाल सरकारको विदेश मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको विदेश मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

७) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापना गर्ने सम्झौता ।

८) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीचको समझदारी नवीकरणसम्बन्धी समझदारी ।

प्रतिकृया