ड्रिम इन्टरनेसनल होटलले आइपीओ निष्कासन गर्ने
प्रकाशित मिति
२०८१ बैशाख ६ गते, बिहीबार ०५:४४

वैशाख ६, २०८१ काठमाडौँ: ड्रिम इन्टरनेसनल होटलले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
होटलका अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ड्रिम ग्रुप अन्तर्गतको होटलले सर्वसाधारणलाई पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको रानाले बताए ।
बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटलले सहलगानी गर्दै सातै प्रदेशका पर्यटकीय गन्तव्यमा होटल स्थापना गर्ने योजना बनाएको जनाएको छ ।
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया