• ६ असोज २०८३, मंगलबार
  • ४ः४५ बेलुका

चाँगुनारायण नगरपालिकाका वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन

प्रकाशित मिति

२०८१ बैशाख ५ गते, बुधबार ११:५१

वैशाख ५, २०८१ काठमाडौँ: चाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाद्धारा वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रमको शुरुवात गरियो । सुख्खा मौसमका कारण दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी रोकथाम तथा न्यूनीकरणका लागि समुदायस्तरमा आगलागी सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

National Life

चाँगुनारायण नगरपालिकाको वडा नं १ र २ मा आज सञ्चालित कार्यक्रममा चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोमप्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण कार्यमा विकास साझेदार संस्थाहरु संग सहकार्य र समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समुदायमा विपद् पर्दा तत्काल प्रतिकार्यको लागि प्राथमिक उपचार र खोज उद्धारको शिप प्राप्त विपद् व्यवस्थापन स्वयंसेवक तयार गरेको जानकारी दिनुभयो । यस प्रकारको अभ्यास प्रदर्शन सबै वडामा सञ्चालन गरिने जानकारी पनि उहाँले दिनुभयो ।

आगलागी, यसका कारणहरु, नियन्त्रणका उपायहरुका बारेमा सैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिइएको अभिमुखिकरण तथा अभ्यास प्रदर्शनमा आगलागी भएको अवस्थामा स्थानीय साधन श्रोतको प्रयोग गरी आगलागी नियन्त्रण गर्ने उपायका साथै फाइर एक्सटिंगुसरको प्रयोगका बारेमा पनि अभ्यास गराइएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले चाँगुनारायण नगरपालिकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्नुका साथै विद्यालय र समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतना अभिबृद्धिका विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गरीरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा आइसेट नेपालका फिल्ड अधिकृत भरत ढुंगानाले डिसिए नेपालको सहयाोगमा आइसेट नेपालले नेक्सस २ परियोजना संचालन गरीरहेको जानकारी गराउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा राजकुमार लम्साल, दिवाकर पौडेल, सञ्जय अवालले सहजिकरण गर्नुभएको थियो ।

प्रतिकृया