• ६ असोज २०८३, मंगलबार
  • ४ः४५ बेलुका

पूर्वन्यायाधीश गिरी जेल चलान

प्रकाशित मिति

२०८१ बैशाख ३ गते, सोमबार ०३:३४

वैशाख ३, २०८१ काठमाडौँ: वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

National Life

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानूनी लडाई लडिरहेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।

प्रतिकृया