• १४ जेष्ठ २०८१, सोमबार
  • 12:36 am

सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमण नेपाली कांग्रेसद्धारा घोर भत्र्सना र निन्दा

प्रकाशित मिति

३ बैशाख २०८१, सोमबार १५:०७

वैशाख ३, २०८१ काठमाडौँ: नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति केशबहादुर विष्ट माथि गरिएको सांघातिक आक्रमणको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरेको छ ।

उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि नेपाली कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । उक्त कुरा नेपाली कांग्रेसले आज विज्ञप्तिमार्फत जनाएको हो ।

प्रतिकृया