• 6:27 pm

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा आर्थिक सहयोगका लागि अपिल (भिडिओसहित)

प्रकाशित मिति

April 10, 2024

चैत्र २८, २०८० काठमाडौँ: तनहुँ जिल्ला देवघाट गाउँपालिका स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत ९÷ १० वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताए । उनले अहिले बोनम्यारो ट्रान्सप्लान्टको तयारी भइरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

‘मलाई रोग लागेको ९÷१० वर्ष भइसक्यो । अहिलेसम्म उपचार गर्न सकेको छैन । मेरो परिवारमा तीन वर्षको बच्चा र श्रीमती छन् । अहिले श्रीमती पनि माइग्रेनको विरामी छिन् । अहिले म उपचार गर्न नसकेर आर्थिक सहयोगको अपिल गर्न आएको छु । सबै जनाले सहयोग गरिदिनु होला,’– उनले भने ।

दीपक मगरको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१२२४१०९८९६ मा सकेको आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका छन् । साथै, विरामीसँग अन्य कुराको आवश्यक जानकारी लिन मोवाइल नम्बर ९७०४४१२५६९ मा सम्पर्क गर्न पनि भनिएको छ ।

प्रतिकृया