• 3:28 pm

बुधबार दोहोरो अंकसँगै घटेर बन्द भयो यो वर्षको नेप्से

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०३:३७

चैत्र २८, २०८० काठमाडौँ: पछिल्लो समय उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालाे यात्रा तय गरेको नेप्से अन्तिम समयमा १०.७१ अंकले घट्दै २०२५ को विन्दुमा ओर्लेर रोकिएको हो ।

आज कुल ३ सय ८ कम्पनीका ८६ लाख ९६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बढी पुगेको छ ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यस्तै कारोबारमा आएका कुल कम्पनीमध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बाँकी जम्मा ६३ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको छ ।

प्रतिकृया