• 4:04 pm

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०२:५५

चैत्र २८, २०८० काठमाडौँ: राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले पक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव स्वीकृत भएको हो ।

उनको प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १६ मत परेको राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जानकारी दिए । मत विभाजन प्रक्रियामा ५५ जना सदस्यले भाग लिएका थिए ।

उनलाई नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), जसपासहितका दलले मतदान गरेका थिए ।

यसअघि नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिकृया