• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:18 am

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनियताको शपथ

प्रकाशित मिति

२८ चैत्र २०८०, बुधबार १७:०३

चैत्र २८, २०८० काठमाडौँ: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

कँडेल उनको दल नेकपा एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए ।

प्रतिकृया