• 1:24 am

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार १२:१०

चैत्र २१, २०८० पोखरा : गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए ।

गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

उनले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो । तर, पाण्डेले राजीनामाको विकल्प रोजेका हुन् ।

प्रतिकृया