• ८ असोज २०८३, बिहीबार
  • २ः२९ राती

मधेश प्रदेशमा धार्मिक द्वन्द रोकथाम गर्न प्रहरी अझ संवेदनशील हुन् आवश्यक : अध्यक्ष डा.दत्त

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार १२:०५

चैत्र २१, २०८० काठमाडौँ: मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रति दिन बढ्दो धार्मिक द्वन्द रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् |

National Life

बुधवार जनकपुरमा मधेशी आयोगका अध्यक्ष डा.दत्त र मधेश प्रदेश प्रहरीका प्रमूख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल बीच भएको भेटघाटमा अध्यक्ष डा.दत्तले मधेश प्रदेशमा विगत केही महिना देखी धार्मिक सहिष्णुतामा ठेस पुर्याउने कार्यहरु भएको प्रति आयोग एकदम गम्भीर भएको बताएका छन् | समग्र प्रदेशको अवस्था बारे जानकारी लिदै अध्यक्ष डा.दत्तले सामाजिक सदभावमा खलल पुर्याउने घटना प्रति प्रहरी-प्रशासन सचेत र सतर्क नभएसम्म यस्ता घटना बारम्बार दोहोरिने समेत बताएका छन् |

अध्यक्ष डा.दत्तले आयोगमा मधेश प्रदेश बाट कैयों घरेलु हिँसा तथा महिला हिँसाका उजुरी प्राप्त भएको बताउदै यस्ता घटनाहरुमा प्रहरीले तुरुन्त एक्सन लिनुपर्ने समेत ध्यानाकर्षण गराएका छन् | सिमा-नाकामा हुने लागूपदार्थ ओसारपोसार, मानव तस्करी जस्ता घटनाहरुको रोकथामको लागि आवश्यक रणनीति बनाएर अगाडी बढ्न समेत अध्यक्ष डा.दत्तले प्रहरीलाई सचेत गराएका छन् |

Classic Tech Mobile
Classic Tech Desktop

सो भेटघाटमा प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेश प्रदेशको समग्र वस्तुस्थिति बारे अध्यक्ष डा.दत्तलाई जानकारी गराएका छन् |

प्रतिकृया