ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति
२०८० चैत्र २१ गते, बुधबार ०८:२१
चैत्र २१, २०८० काठमाडौँ : ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।
भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ ।
ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो ।
चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी बीबीसीले जनाएको छ ।
Related
Recent News
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया