• २१ जेठ २०८३, बिहीबार
  • १०:१० बिहान

नाउपाको विवाद: रेशम-रञ्जिता पक्षबीच कुटाकुट

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार १२:२७

चैत्र १९, २०८० काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरी पक्षबीच हात हालाहाल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको हो । रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको छ ।

Kamana Sewa

सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको थियो । उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन् ।

Classic Tech Desktop

प्रतिकृया