• ४ साउन २०८३, सोमबार
  • ६:४३ बेलुका

बितेको ५ महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०१:०६

चैत्र १८, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिकाले ‘नदी सफाइ’ अन्तर्गत ५ महिनाको अवधीमा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ । महानगरले गत कार्तिकदेखि फागुनसम्ममा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको हो । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ ।

सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।

Kamana Sewa

प्रतिकृया