न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा हुनु दुखद् : अमरेश कुमार सिंह
प्रकाशित मिति
२०८० चैत्र १८ गते, आईतवार १२:४५
चैत्र १८, २०८० काठमाडौँ: स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा रहेको बताए ।
उनले भने, ‘न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको छ । भागबन्डामा नियुक्ति हुनु एउटा कुरा हो तर भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा हो । यसले न्यायपालिको छविलाई माथि पु-याउदैन् । र देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’

उनले वर्षौ देखि भ्रष्टाचारको मुद्दा,देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाए ।

उनले भने,‘वर्षौ देखि भ्रष्टाचारको मुद्दा हुन्छ । देशको राजस्वसँग जोडिएको विषय हुन्छ । त्यसलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिने । त्यसमा राजनीतिक प्रभाव छ । विगतमा पनि न्यायापालिका बद्नाम थियो अहिले पनि यस्तै रह्यो भने देशमा विश्वासको खडेरी परिरहेको छ ।’




प्रतिकृया