• ९ असोज २०८३, शुक्रबार
  • ९ः५२ बिहान

भक्तपुरमा लायन्स इन्टरनेशनलका ११ क्लवको सम्मान कार्यक्रम गठ्ठाघरस्थित एक होटलमा सम्पन्न

प्रकाशित मिति

२०८० चैत्र १३ गते, मंगलवार ०५:२२

चैत्र १३, २०८० काठमाडौँ: लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतका ११ क्लवले डिष्ट्रिक्ट गभर्नर(डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी)हरुलाई सम्मान गरेका छन् । शनिवार गठ्ठाघरस्थित एक होटलमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

National Life

सम्मानित हुनेहरुमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचका डिजी शम्भुबहादुर थापा र प्रथम महिला शंकरादेवी थापा, मल्टिपल वमेन एण्ड फेमली कोअर्डिनेटर तथा पिडिजी शोभा जोशी, आईपिडिजी दिनेश प्रसाद श्रेष्ठ, प्रथम भिडिजी विमल कुमार होडा, दोस्रो भिडिजी रविन्द्र बहादुर प्रधान, पुर्व मल्टिपल काउन्सिल चियरपर्सन (पिएमसीसी) पंकज प्रधान, पिएमसीसी भरत प्रसाद ढुंगेल, पिडिजी शिवराम प्रधान, पिडिजी डा. ज्योती शेरचन र लायन्स क्लव अफ काठमाण्डौं बागमतीमा पिडिजी राम श्रेष्ठ रहेका छन ।

कार्यक्रममा डिष्ट्रिक क्याविनेट (भ्याली) चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लव अफ भक्तपुर मेरिगोल्डका चार्टर प्रिसिडेन्ट उद्धव सिलवाल र पिएमजेएफ भवानी केसी सिलवालले दोसल्ला ओढाई सम्मानपत्रले सम्मानित् गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचको सेकेण्ड कन्भेन्सनका कन्भेनर जोन चियरपर्सन सुरेन्द्र व्यञ्जनकारले उत्कृष्ट सामाजिक कार्य गरेर देखाउनु नै लायन्स क्लबका सदस्यहरुको पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् ।

डिष्ट्रिक्ट क्याविनेट (भ्याली) चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लव अफ भक्तपुर मेरिगोल्डका चार्टर प्रिसिडेन्ट उद्धव सिलवालले लायन्स क्लवहरुले सामाजिक कार्यसँगै यहाँको सम्पदाको प्रचार प्रसारका कार्यक्रम मार्फत पर्यटन प्रवर्धनमा योगदान गर्दै आइरहेको बताएका छन् ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतका लायन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव बालकोट, क्लव चाँगुनारायण, क्लव प्रिन्सिपल, क्लव निलकण्ठेश्वर, क्लव एडुकेटर्स, क्लव मेनेजमेन्ट, क्लव गड चण्डेश्वर, क्लव गड फादर, क्लव भादगाउँ सिटी र क्लव हिमालयन हार्टसको संयुक्त आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया