• 11:40 pm

ट्राफिक प्रहरीद्वारा हराएका २८५ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०८० चैत्र १३ गते, मंगलवार ०३:४६

चैत्र १३, २०८० काठमाडौँ: ट्राफिक प्रहरीले २० वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच खोजतलासका क्रममा भेटाएको २० वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हराएका सवारी साधन ट्राफिक प्रहरीले पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमतीलगायत स्थानबाट फेला पारेको थियो ।

योसँगै ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको छ । चालु आर्थिक वर्ष चोरीका २४ वटा २ पाङ्ग्रे सवारी साधनसहित ट्राफिक प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिकृया